श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पाेखरा | साउन १०, २०८१

श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पोखरा:   एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ ।

 

श्रीकृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा  आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीसम्म  श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो ।

 

श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक,  पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल, इन्द्रपुरी टोल, जनप्रियमार्ग हुँदै पुन श्रीकृष्ण प्रणमी मन्दिरमा पुगी सम्पन्न भएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

 

अध्यक्ष ढकालका अनुसार आगामी श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीको दिनसम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रामार्फत पोखराको विभिन्न ठाउहरुको परिक्रमा गरिएको हो । उक्त प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज ज्यूको मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुनेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्